२०७७ माघ ७ गते बुधवार
२०७७ माघ ७ गते बुधवार

दुई महिलालाई भारत लगेर बेचेका व्यक्तिलाई बीस वर्ष जेल

बर्दिया, 
१० असार । बर्दियाका दुई महिलालाई भारतको बनारस लगेर बेचेका एक व्यक्तिलाई जिल्ला अदालत बर्दियाले बीस वर्ष जेल सजाय तोकेको छ ।

सिरहाको मिर्चैया नगरपालिका–१० का ३६ वर्षीय सञ्जितकुमार महतोलाई २० वर्ष जेलसहित २ लाख जरिवाना तिराउन जिल्ला अदालतका न्यायाधीश शंकर बरालको इजलासले आदेश दिएको हो । त्यस्तै पीडितलाई जनही एक–एक लाख क्षतिपूर्ति उपलब्ध गराउन फैसलामा उल्लेख छ ।

दुई वर्षअघि महतोले ती महिलालाई ललाई–फकाई बनारस लगेर लटकनियादाईका युवराज सिंहलाई ९० हजारमा बेचेका थिए । उनीसहित नेपालका विभिन्न ठाउँबाट १ सय ५० भन्दा बढी नेपाली चेलीलाई बन्धक बनाएर सिंहको घरमा राखिएको थियो ।

ती महिलाको उद्धारका लागि बर्दिया प्रशासनको पहलमा बनारसमा एक टोली खटाइएको थियो । त्यहाँबाट महिलाहरूलाई दिल्ली पुर्‍याइएकोमा भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको खबर कान्तिपुरमा प्रकाशित छ ।