२०७७ फाल्गुन २० गते बिहिवार
२०७७ फाल्गुन २० गते बिहिवार

पश्चिम दाङमा सर्पको टोकाइबाट एक जना गम्भिर बिरामी

बबई, 
१० असार । पश्चिम दाङमा विषालु सर्पको टोकाइबाट एक जना गम्भिर बिरामी भएका छन् । बबई गाउँपालिका –५, बगरपुर निवासी वर्ष २२ का इन्द्र बहादुर वली बिरामी भएको राप्ती प्रादेशिक अस्पतालले जनाएको छ ।

घरको कोठामा सुतिरहेको अवस्थामा उनलाई आज बिहान ४ बजे विषालु सर्पले बाँया हातको पाखुरामा टोकेको थियो ।

बिरामी वलीको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको भेरी अस्पातालमा रिफर गरिएको अस्पतालले जनाएको छ ।

उनलाई आज बिहान करिब सात बजेतिर अस्पताल ल्याइएको थियो ।