घोराही,
१० असार । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि अनुमानीत आय व्यय प्रस्तुत गरेको छ । सातौँ नगरसभामा उपप्रमुख सीता सिग्देल न्यौपानेले आगागी आर्थिक बर्षका लागि एक अर्ब ८५ करोड २२ लाख ९३ हजार रुपैयाँको आयव्यय प्रस्तुत गर्नुभएको हो ।
कुल बजेट मध्य चालु तर्फ १ अर्ब ८ करोड ५७ लाख २२ हजार रुपैयाँ र पूँजीगत तर्फ ७६ करोड ६५ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख न्यौपानले जानकारी दिनुभयो ।
खर्च व्यहोर्ने स्रोत मध्य आन्तरीक आय २५ करोडको अनुमान गरिएको छ । त्यसैगरी, संघिय वित्तिय समानीकरण अनुदानबाट ३२ करोड ७२ लाख, संघिय राजस्व बाँडफाँडबाट २१ करोड १२ लाख १० हजार ६ सय, संघिय सशर्त अनुदानबाट ६४ करोड ७ लाख र संघिय समपुरक अनुदानबाट ७२ लाख रुपैयाँ आउने भएको छ ।
त्यसैगरी, प्रदेश समानीकरण अनुदानबाट ७९ लाख ७३ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २ करोड ७१ लाख १९ हजार, प्रदेश सशर्त अनुदानबाट ७ करोड ६८ लाख ५० हजार र प्रदेश समपुरक अनुदानबाट ३ करोड रुपैयाँ व्यहोरीने भएको छ ।
साथै उक्त बजेटबाट अपुग रकम २७ करोड ४० लाख ४० हजार ४ सय रुपैयाँ बैंक मौज्दातबाट व्यहोरीने समेत उपप्रमुख न्यौपानेले जानकारी दिनुभयो । उपमहानगरले कोरोना महामारी लगाएत संक्रामक अन्य रोगको नियन्त्रण र स्वास्थ्यको समग्र विकासका लागि ११ करोड ३६ लाख, कृषि क्षेत्रको प्रबद्र्धन र विकासमा २ करोड ३९ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ ।
त्यसैगरी उपमहानगरले पशुपंक्षि व्यवसायको प्रर्बद्धनका लागि एक करोड १२ लाख ८० हजार, शैक्षिक विकासको क्षेत्रमा ५३ करोड ५६ लाख, चालु आर्थिक बर्षको दायित्व सरि जाने क्रमागत योजनाको भुक्तानीमा ५४ करोड ६ लाख १८ हजार, र पर्यटन तथा संस्कृती प्रर्बद्धनका लागि १ करोड ५४ लाख विनियोजन गरेको छ ।
यसैगरी, विपत व्यवस्थापनका लागि ३ करोड ११ लाख ५० हजार, वाताबरण र सरसफाई तर्फ ५९ लाख ५० हजार, विपन्न, लोपउन्मुख बर्गहरुको सशक्तिकरणका लागि ७८ लाख रुपैयाँ विनियोजन गरेको छ । मेलमिलाप र कानुनी साहेताका लागि ११ लाख ३० हजार, सहकारी प्रबद्र्धनका लागि १ करोड ६२ लाख, उपभोक्ता हित संरक्षणका लागि ११ लाख ५० हजार र सुचना प्रविधी विकासका लागि एक करोड ७३ लाख ८५ हजार रुपैयाँ विनियोजन गरेको उपप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।