राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान / घोराही
दाङ,
१० असार । दाङमा आज ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका अनुसार बंगलाचुलीका ४२ जना र घोराही उपमहानगरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बंगलाचुली गाउँपालिका वडा नम्बर २ बाट संकलन गरिएको ८४ जनाको स्वाब मध्य ४९ जनाको परिक्षण गरिएको र ति मध्य ४२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमित हुनेहरुको उमेर ५ देखि ४४ बर्ष उमेर समूहका रहेका छन । ति मध्य ३ जना महिला रहेका छन भने ३९ जना पुरुष रहेका छन ।
यसैगरी घोराही उपमहानगरको वडा नम्बर १ का १२ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर १५ का २४ जना र घोराही मात्रै ठेगाना लेखिएका एक जना गरि ३४ जना व्यक्तिमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।
घोराही १ का १७, १८, २१, २२, २३, २५, २७, २८, ३०, ३४, ४१ र ४२ बर्षका, वडा नम्बर ४ का १९ र २९ बर्षका, वडा नम्बर ५ का २१, २४, २७, ५६ बर्षका, वडा नम्बर १५ का २४ बर्षका एक जना र घोराही ठेगाना लेखेका २८ बर्षिय एक जना व्यक्तिमा कोरोना देखिएको हो ।
ति मध्य १८, २२ र २३ बर्षका तीन जना महिला रहेका छन । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ ।
यसैगरी देउखुरीको राप्ती आइसोलेशनमा भर्ना भएका ९ जना संक्रमितहरुको पुनः स्वाब जाँच गर्दा ८ जनामा कोरोना पोजेटिभ नै देखिएको प्रतिष्ठानले जनाएको छ ।