२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरको बजेट : २ अर्ब ३४ करोड ३७ लाख

बजेट प्रस्तुत गर्ने कार्यक्रममा उपमहानगरका प्रमुख घनश्याम पाण्डे

तुलसीपुर, 
१० असार । दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि २ अर्ब ३४ करोड ३७ लाख ६४ हजार बजेट गरेको छ ।

उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले बुधबार पुँजिगततर्फ नगर, वडास्तरीय पुर्वाधार विकास र अन्य ससर्त कार्यक्रम तथा विकास कार्यक्रमकाा लागि एक अर्ब ६८ करोड ४७ लाख र चालुतर्फ ६६ करोड २० लाख ६४ हजार बिनियोजन गरेकी छिन् । पुँजिगतर्फ ७२ प्रतिशत र चालुतर्फ २८ प्रतिशत बिनियोजन गरिएको हो ।

आगामी आर्थिक बर्षमा आन्तरिक स्रोतबाट ३० करोड, युनिसेफबाट अनुदान ७५ लाख, सामाजिक सुरक्षा कार्यक्रमकालागि ३० करोड, संघीय सरकारको वित्तीय समानीकरण अनुदान ३० करोड ४५ लाख, सशर्त अनुदान विषयगत ६० करोड ३४ लाख, राजश्व बाँडफाँटबाट १९ करोड २६ लाख ३९ हजार, समपुरक अनुदान एक करोड ४९ लाख, बिशेष अनुदान २ करोड ५० लाख, जिल्ला समन्वय समिति राजश्व बाँडफाँटबाट ३ करोड, साथै प्रदेश सरकारको वित्तीय समानीकरणबाट ७५ लाख ६० हजार, सशर्त अनुदानबाट २ करोड ३२ लाख ५० हजार, राजश्व बाँडफाँटबाट २ करोड १५ हजार, विभिन्न कोष, लगानी समेतमा १० करोड, समपुरक अनुदानमा ८० लाख, सडक वोर्डको रकम ७० लाख, नगर विकास कोषबाट २५ करोड ऋण र संघीय सरकार, प्रदेश सरकार र अन्य निकाय वा संस्थाबाट वितरित आन्तरिक ऋण तथा अनुदान र अन्य स्रोत १५ करोड आय हुने अनुमान गरिएको छ ।

उनले बजेट पेश गर्नुहुँदै स्वास्थ्य, कृषि, रोजगरा, शिक्षालाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको जानकारी दिईन् । ‘खुसी जनता : समृद्ध तुलसीपुर, हाम्रो तुलसीपुर : राम्रो तुलसीपुर’ बनाउने योजना अनुसार यस बर्ष बजेट बिनियोजन गरिएको उपप्रमुख आचार्यले बताईन् ।

साथै उनले चालुआर्थिक बर्ष २०७६/०७७ मा एक अर्ब ७१ करोड ८८ लाख ६ हजार बजेट बिनियोजन भएकोमा कोरोनाका कारण राजश्व संकलनमा समस्या हुनुका साथै संघ र प्रदेशबाट पनि अपेक्षाअनुसार बजेट प्राप्त हुन नसक्दा अहिलेसम्म एक अर्ब ४८ करोड ९१ लाख ४१ हजार आम्दानी भएको छ । जसमा अहिलेसम्म ९० करोड ४४ लाख ९९ हजार खर्च भएको उपप्रमुख आचार्यले बताईन् ।