२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

बबईका कारेन्टाइनमा महिला सञ्जालको मिनरल वाटर सहयोग

बबई, 
१० असार । बबई गाउँपालिका स्तरीय अन्तरपार्टी महिला सञ्जालले बबई गाउँपालिकाका चार वटा कवारेन्टाइनमा निरीक्षण तथा ४० कार्टून मिनरल वाटर सहयोग गरेको छ ।

हंसपु्र क्वारेन्टाइन, हापुरे क्वारेन्टाइन, कौसिलापुर क्वारेन्टाइन, चरकमटियाका क्वारेन्टाइनमा उक्त मिनरल वाटर सहयोग गरिएको हो । मिनरल वाटर सहयोग गर्न अध्यक्ष दीपा केसी, सचिब सुमित्रा राणा, कोषाध्यक्ष कलावती सदस्यहरू अञ्जु घर्ती, बम कुमारी खड्का, मनीषा बुढाथोकीको उपस्थित रहेको थियो ।

कवारेन्टाइनको अवस्था र सुधार गर्न गाउँपालिकालाई ध्यानाकर्षण गराउने सदस्य अञ्जु घर्तीले बताउनुभयो ।