२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

बबई गाउँपालिकामा ४६ करोडको बजेट पेश

कोरोना महामारीको रोकथाम तथा नियन्त्रणको लागी ५० लाख बजेट

बजेट प्रस्तुत गर्न जाँदै गाउँपालिकाकी उपाध्यक्ष साबित्रा विश्वकर्मा

असार, 
८ हापुरे । बबई गाउँपालिकाको सातौं गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७७/७८ का लागी ४६ करोड बढीको बजेट प्रस्तुत गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष साबित्रा बिस्वकर्माले कुल ४६ करोड २१ लाख ५६ हजार ३ सय ६१ रुपैया बराबरको वजेट प्रस्तुत गर्नु भएको छ । गाउँपालिकाले सर्शत अनुदानको १५ करोड ४६लाख बिशेष अनुदानको १ करोड ५० लाख, समपुरक अनुदानको १ करोड २८ लाख, संघिय सरकारबाट प्राप्त हुने बित्तिय समानिकरणको १० करोड २५ लाख, राजस्व बाँडफाडबाठ ८ करोड ३८ लाख ६ हजार ३ सय ६१ र प्रदेश सरकारबाट प्राप्त हुने बित्तिय समानीकरण ५२ लाख ८२ हजार , राजस्व बाडफाडको ३३ लाख ४८ हजार प्रदेश सरकारबाट प्राप्त हुने सर्शत अनुदानको १ करोड ४८ लाख ५० हजार, बिशेष अनुदानको ६० लाख र सम्पुरकको १ करोड ५० लाख तथा गाउँपालिकाको आन्तरिक श्रोतबाट २ करोड ५० लाख र अल्या मौजदात रु २ करोड ३९ लाख ७० हजार गरि जम्मा ४६ करोड २१ लाख ५६ हजार ३ सय ६१ को वजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाले कुल वजेटबाट ७ करोड १७ लाख ३६ हजार ३ सय ६१ चालु तर्फ बिनियोजन गरेको छ भने पुँजीगत १७ करोड २१ लाख ७० हजार बिनीयोजन गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा कृषि बिकास तर्फ १ करोड १२ लाख, पशुबिकासमा ७० लाख ५० हजार, कोरोना महामारीको रोकथाम तथा नियन्त्रणको लागी ५० लाख रुपैया बिनीयोजन गरेको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा रु १ करोड ५२ लाखको वजेट प्रस्तुत गरिएको छ । त्यसैगरी गाउँपालिकाले लैङ्गीक समानता तथा सामाजिक समाबेसीकरण र लक्षति बर्गका कार्यक्रमहरुका लागी ७३ लाख ९५ हजारको वजेट ल्याएको छ ।

कृषी उपज बस्तुहरुको उत्पादन, प्रसोधन र भन्डारणमा सहयोग पु-याउन ग्रीन हाउसको निर्माणको लागी ४० लाख, कृषी उत्पादनको वजारीकरणका लागी स्थापना गरिने पपालिका कोसेली घरको लागी १० लाख, पशुपालक कृषकहरुको प्रोहत्सानको लागी सञ्चालन गरिने पशु पोषन कार्यक्रमको लागी १० लाख रुपैया बिनियोजन गरिएको छ । त्यस्तै गाउँपालिका भित्रका बिभीन्न ठाउँबाट संकलन गरिने फोहोर ब्यबस्थापनका लागी डम्पीङ साईड निर्माण गर्न ८ लाख बिनीयोजन गरेको छ ।

त्यस्तै गाउँपालिकाले सबै बालबालिकालाई आधारभुत तहसम्म अनिबार्य निःशुल्क तथा माध्यामिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने संबैधानिक ब्यबस्थालाई पुर्णरुपमा कार्यान्वयन गराउन शिक्षा क्षेत्रमा रु १ करोड १२ लाख रुपैया बिनियोजन गरेको छ । सडक तथा पुल निर्माण तर्फ २ करोड ७५ लाख १०, खानेपानी सुधार योजना तर्फ ४९ लाख ५० हजार, सिचाई तथा नहर निर्माण तर्फ १ करोड ५९ लाख ४० हजार रुपैयाँ बिनियोजन गरिएको छ ।

त्यस्तै भवन तथा सहरी बिकास तर्फ १ करोड ८७ लाख रुपैया बिनियोजन गरिएको छ । त्यस्तै संघिय सरकारको बिशेष अनुदानबाट फुसका छाना बिस्थापित कार्यक्रमको लागी १ करोड, बिद्यालयमा महिनावारी स्वास्थ्य पोषनका लागी ५० लाख रुपैया बिनियोजन गरिएको छ । दलितहरुको परम्परागत सिप, कला तथा संस्कृतीको संरक्षण गरि गाउँपालिकामा दलित संग्राहलय निर्माणका लागी रु १२ लाख, पर्यटकिय भ्यू टावर निर्माणका लागी रु २० लाख बिनीयोजन गरिएको छ ।