बबई,
१० असार । जन्मदिनको अवसरमा पश्चिम दाङकी एक महिलाले कोरोना भाइरस रोकथामका लागि व्यवस्थापन गरिएको क्वारेन्टाइनमा मिनरल वाटर सहयोग गरेकी छिन् ।
बबई ४ हापुरेकी तुलसा जिएमले बबई गाउँपालिका वडा नं ७ चरकमटियामा रहेको क्वारेन्टाइनमा १५ कार्टुन मिनरल वाटर सहयोग गरेकी हुन ।
जन्मदिन मनाएर फजुल खर्च गर्नु भन्दा थोरै भएपनि मेरो सहयोगले कोरोना भाइरसको यस विषम परिस्थितिमा क्वारेन्टाइन व्यवस्थापनमा सहयोग पुराउने उद्येश्यले मिनरल वाटर सहयोग गरेको जिएमले बताइन् ।
उनले १५ कार्टुन मिनरल वाटर चरकमटिया कवारेन्टाइन प्रमुख लिला बिकलाई हस्तान्तरण गरी गरेकी हुन ।