दाङ,
१० असार । जिल्ला प्रहरी कार्यालय दाङले कटुवा पेस्तोल र भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपािलका १३ लापेमा बस्दै आएका २६ बर्षका मान्छे नेपाली भन्ने साजन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए ।
गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले कटुवा पेस्तोल एक थान, भरुवा बन्दुक एक थान र त्यसमा प्रयोग हुने फालमको गोली २१० थान बरामद गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका विरुद्ध हातहतियार खरखजना अन्तर्गत मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।