दाङ,
१० असार । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत फुर्केसल्ली मलई मध्यवर्ती क्षेत्रका युवाहरुलाई ४ दिने आधारभूत मोवाइल मर्मत तालिम दिइएको छ ।
फुर्केसल्ली मलई मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको आयोजना तथा बाँके राष्ट्रिय निकुञ्जको सहयोगमा आधारभूत मोवाइल मर्मत तालिम दिइएको हो । गत ७ गते देखि सञ्चालन भएको ४ दिने तालिम आज बुधवार १० गते सकिएको छ ।
मध्यवर्ती क्षेत्रका युवाहरुलाई मोवाइल मर्मत सम्वन्धि आधारभूत ज्ञान दिने उद्देश्यले तालिम प्रदान गरिएको फुर्केसल्ली मलई मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष गम्मर बहादुर घर्तींले बताए । मोवाइल मर्मत सम्वन्धि आधारभूत ज्ञानसंगै प्राविधिक ज्ञान प्रति युवाहरुको चासो बढ्ने अपेक्षा लिएको अध्यक्ष घर्तीले बताए ।
बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतका स्थानियलाई विभिन्न सिपमुलक तालिम प्रदान गरेर आत्मनिर्भर गराउने उद्येश्य रहेको मलई रेञ्जपोष्टका प्रमुख सिनियर गेमस्काउट कृष्ण खड्काले बताए । ४ दिन सम्म सञ्चालन भएको तालिममा १० जना युवाहरुको सहभागीता रहेको थियो भने तालिम प्रशिक्षकमा प्रेम पुन र सहयोगी खिम वहादुर चौधरी रहेका थिए ।