२०७७ माघ ११ गते आइतवार
२०७७ माघ ११ गते आइतवार

शान्तिनगरले ल्यायो ४३ करोड ५४ लाख बराबरको बजेट

शान्तिनगर, 
१० असार । शान्तिनगर गाउँपालिकाले ४३ करोड ५४ लाख ६० हजार ६ सय बराबरको बजेट सार्बजनिक गरेको छ । उपाध्यक्ष मिथिला शाहले बजेट सार्बजनिक गर्नुभएको हो ।

उहाँका अनुसार २७ करोड ८ लाख ९६ हजार छ सय चालु तर्फ र १६ करोड ४६ लाख पुजीगत तर्फ बजेट ब्यबस्थापन गरिएको वताईएको छ । सडक पुर्वाधार तर्फ गाउपालिकाको सवै वडामा वाटो निर्माण गर्न तर्फ आवश्यक विनियोजन गरिएको हो ।

साथै गौरवको योजना तर्फ वडा न ४ को जुम्लेकुला चौतारादेखि शुन्दरा देवि मन्दिर वाटो उन्नति तथा कालोपत्रेका लागि १ करोड , मावि सिमसुन्दरदेखि विष्णपुरसम्म जोड्ने सडक मर्मत तथा कालो पत्रेका लागि १ करोड, वडा न ७ मा धनौरीदेखि वैसा जोड्ने सडक मर्मत तथा कालोपत्रको लागि ५० लाख, कोर्वाङ कासिपुरदेखि रँगैचासम्म सडक स्तरउन्नतीको लागि १ करोड, गाउँपालिकाको योजना तथा कार्यक्रम सञ्चालनका लागि २ करोड ३० लाख, गाउँपालिका भित्र निःशुल्क स्वास्थ्य सेवाका लागि ५० लाख, शिक्षालाई निःशुल्क र अनिवार्य वनाउन एक करोड ७५ लाख, कृषिलाई ब्यवसायीमुखि वनाउन ५० लाख वजेट विनियोजन गरिएको उपाध्यक्ष मिथिला शाहले वताउनुभयो ।

पशु विकास कार्यक्रमको लागि २५ लाख, महिला विकास शाखाको लागि ७ लाख, विषम पर्स्थिति र कोरोना नियन्त्रणको लागि ४१ लाख, पेदिखोला हावाखाने डाँडामा कृतिम सिँचाइ जलासय निर्माणका लागि ३० लाख, फुसका छाना विस्थापनको लागि ५० लाख, वगिया खानेपानि लाईन विस्तारको लागि ८० लाख, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनका लागि ४५ लाख, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ब्यवस्थापन गर्न ३३ लाख, वडा नं ५ र ३ को भवन निर्माणका लागि ७० लाख, दुग्ध चिस्यान केन्द्रको लागि १९ लाख ५३ हजार बाख्रा प्रबदनका लागि १० लाख, ज्यामिेर सिचाई आयोजनाको लागि ८० लाख र वडाका विभिन्न कार्यक्रम तथा योजना सञ्चालन गर्नका लागि सवै वडा लाई ७५ लाख सिलिङ निर्धारण गरेको उपाध्यक्ष शाहले वताउनु भयो ।