२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

सिपिएलमा सन्दिप लामिछानेको मूल्य १ करोड

काठमाडौं, 
१० असार । नेपालमा चर्चित क्रिकेट खलाडी सन्दिप लामिछानेको मूल्य एक करोड पुगेको छ । सिजन क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा आज बुधबार हुन लागेको खेलाडी छनोटको ड्राफ्टमा सन्दिप लामिछानेले मूल्य एक करोड तोकेका हुन् ।

आज हुने खेलाडी छनोटको ड्राफ्टमा सन्दिप लामिछानेले पनि नाम दर्ता गराएका छन् ।

ड्राफ्टको लागि सन्दिपले ९० हजार अमेरिकी डलर अर्थात १ करोड ८ लाख ५७ हजार रुपैया तोकेका छन् । यस ड्राफ्टमा नाम दर्ता गर्ने महँगा खोलाडीमा सन्दिप चौथोमा पर्छन् ।

सिपिएलका लागि विभिन्न २३ देशका ५ सय ३७ जना खेलाडीले नाम दर्ता गराएका छन्। ड्राफ्टमा महँगो मूल्य राख्नेमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले १ लाख ६० हजार अमेरिकी डलर राखेका छन् ।