२०७७ माघ १५ गते बिहिवार
२०७७ माघ १५ गते बिहिवार

कोरोना संक्रमणबाट स्याङ्जाका ५५ वर्षीय पुरुषको मृत्यु

सांकेतिक तस्वीर

पोखरा, 
११ असार । कोरोना भाइरसको संक्रमणबाट स्याङ्जाका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारत ५५ स्याङ्जाका ५५ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा।अर्जुन आचार्यले जानकारी दिएका छन् ।

स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुवारीका ती व्यक्ति असार ८ गते अस्पतालमा भर्ना भएका थिए । उनमा निमोनिया र मधुमेहको पनि समस्या रहेको अस्पतालले जनाएको छ । उनीसहित गण्डकी प्रदेशमा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ ।

यसअघि पनि स्याङ्जाकै एक व्यक्तिको कोरोनाका कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।