२०७८ असार ६ गते आइतवार
२०७८ असार ६ गते आइतवार

हावाहुरीसँगै आएको चट्याङले २ जनाको मृत्यु

सांकेतिक तस्बिर।

हेटौंडा, 
११ असार । मकवानपुरको बकैया गाउँपालिका–२ कालापानीमा हावाहुरीसँगै चट्याङ पर्दा बुधबार राति २ जनाले ज्यान गुमाएका छन् । एक जना घाइते छन् ।

मृत्यु हुनेमा २५ वर्षीया बिना घिसिङ र १७ वर्षीया सम्झना घिसिङ रहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

त्यस्तै १४ वर्षीय किरण जिम्वा घाइते भएका छन् । उनको धियालस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

गाउँका तीनवटा घरमा चट्याङ परेको थियो ।