२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

पाल्पामा एकैदिन ९३ जनामा कोरोना संक्रमण पुष्टि

सांकेतिक तस्बिर ।

चितवन, 
११ असार । चितवनको भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

भरतपुर अस्पतालले बिहीबार बिहान सूचना निकालेर असार १० गते गरिएको पीसीआर परीक्षणमा ९३ जनामा संक्रमण देखिएको जनाएको छ ।

पाल्पाका विभिन्न ठाउँबाट २ सय ३४ वटा नमूना परीक्षणका लागि भरतपुर ल्याइएको थियो ।

चितवनको भरतपुर अस्पतालमा १५, सीएमसी मेडिकल कलेजमा ४, पुष्पाञ्जलीका २, क्यान्सर अस्पतालका २६, सीओएसएसका १६ र पाल्पाका समेत गरेर हिजो कुल २ सय ९७ वटा नामूनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

जसमध्ये पाल्पाका ९३ बाहेक अरु २ सय ४ नमूनामा संक्रमण नदेखिएको अस्पतालको जनाएको छ । प्रयोगशाला सञ्चालन पछि सबैभन्दा धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो ।

यसअघि जेठ २६ मा एकै दिन ३० संक्रमित फेला परेका थिए ।