२०७७ माघ ७ गते बुधवार
२०७७ माघ ७ गते बुधवार

रोल्पाका दुई पालिकाले बजेट ल्याउन सकेनन्

रोल्पा, 
११ असार । रोल्पाका दुई पालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न सकेका छैनन् ​।

थबाङ गाउँपालिका र लुङ्ग्री गाउँपालिकाले आन्तरिक विवादका कारण तयारी पूरा नभएको भन्दै बजेट ल्याउन नसकेका हुन् । केही विषयगत शाखा र समुदायबाट आएका योजना तर्जुमाका विषयमा टुङ्गो नलागेकाले बजेट ल्याउन ढिलाई भएको थबाङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्तीले बताउनुभयो ।

यस्तै गत वर्ष पनि आन्तरिक विवादका कारण गाउँ सभा गर्न नसकेको लुङ्ग्री गाउँपालिकाले यस वर्ष पनि वडास्तरबाट आएका योजनाका विषयमा अझै विवाद देखिनुका साथै तयारी समेत नपुगेकाले गाउँ सभा हुन नसकेको लुङ्ग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले जानकारी दिनुभयो ।

रोल्पाका एक नगरपालिका र ७ वटा गाउँपालिकाले भने हिजो बजेट प्रस्तुत गरेका छन् ।