२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

चटयाङ लागेर चार जनाको मृत्यु, एक गम्भीर घाइते

सांकेतिक तस्बिर ।

राजविराज, 
११ असार । सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ। त्यस्तै १ जना गम्भीर घाइते भएका छन्।

बिहीबार बिहान चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका ९ लछनपटीका ३० वर्षीया ललितादेवी यादव , महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव राजगढ गाउँपालिका १ जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

त्यसैगरी राजगढ गाउँपालिकामा १ जना घाइते भएको भारतीले जानकारी दिए।