स्थानियले गरेको प्रदर्शन ।
पोखरा,
११ असार । पोखरामा कोरोना भाइरसबाट मृत्यु भएकाको शव गाड्न नदिने भन्दै स्थानियले प्रदर्शन गरेका छन् ।
पोखरा महानगरपालिका वडा नं. ३२ का स्थानियले कोरोनाबाट मृत्यु भएकाको शव गगनगौंडा क्षेत्रमा पर्ने लामतरा स्थित सेती नदि किनारमा गाड्न नदिने भन्दै टायर बालेर बिरोध प्रदर्शन गरेका हुन् ।
त्यहाँका स्थानियले घाट क्षेत्रमा जाने बाटोमा अवरोध गरी टायर बालेर विरोध प्रर्दशन गरेको जनाइएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको बेला शव आफ्नो क्षेत्रमा गाड्न लागेको भन्दै विरोध प्रदर्शन गरिएको हो ।