२०७८ असार ६ गते आइतवार
२०७८ असार ६ गते आइतवार

एमसीसी खारेजीको माग गर्दै पश्चिम दाङमा विरोध प्रदर्शन

बबई, 
११ असार । एमसीसी खारेजीको माग गर्दै पश्चिम दाङका सचेत युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

बबई गाउँपालिका वडा नं २ को वडा कार्यालय नजिकै पिसिओ चोक नजिकमा सरकारले भित्राउन लागेको एमसिसि खारेजको माग गर्दै सचेत युबाहरुले विरोध प्रदर्शन गरेका हुन ।

‘मेरो सरकार एमसिसि खारेज गर, दासता होइन स्वाभिमान रोजौ, एमसिसिले समृद्धि छाउदैन, यो मोडेलले समाजवाद आउँदैन’ लगायत एमसीसी विरोधी विभिन्न नाराहरु लेखिएका प्लेकार्ड सहित युवाहरुले विरोध प्रदशन गरेका थिए ।

प्रमोद धितालको नेतृत्वमा भएको विरोध प्रदर्शन कार्यक्रमको सहजिकरण विर वहादुर वली गर्नुभएको प्रेम केसीले जानकारी दिनुभएको छ ।