२०७७ फाल्गुन २० गते बिहिवार
२०७७ फाल्गुन २० गते बिहिवार

बेरोजगार वडाबासीलाई वडाद्वारा रोजगार प्रदान

ज्यामिरे नहर सिँचाई अयोजनाको काम हुँदै ।

शान्तिनगर, 
११ असार । शान्तिनगर गाउँपालिका वडा नं १ ले बेरोजगार भएर बसेका वडाबासीहरूलाई रोजगार सुरू गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम तथा वडाको बजेटबाट बेरोजगार वडाबासीहरू रोजगार सिर्जना गरीएको हो । यस बर्ष ३६ जना वडाबासीहरुलाई रोजगार सिर्जना गरीएको वडा अध्यक्ष जंग बहादुर पुनले जानकारी दिनुभयो ।

उनिहरूलाई ज्यामिरे नहर सिँचाई अयोजनामा रोजगार सिर्जना गरेको वडा अध्यक्ष पुनले बताउनभयो । नहर सिँचाई अयोजना सकेपछि विभिन्न स्थानका नाला निर्माणका काम सञ्चालन गरिने पनि उहाँले बताउनुभयो ।