फाइल तस्बिर ।
दाङ,
११ असार । लागुऔषधसहित घोराहीका २ युवालाई प्रहरीले पक्राउ गरेको छ ।
भालुवाङबाट लमहीतर्फ जाँदै गरेको रा ४ प ६०६९ नम्वरको मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका–१५ का २१ वर्षीय विमल कालाथोकी र रतनपुरका २१ वर्षीय अनुज बस्नेतलाई नाइट्राभेट २६ ट्याव्लेट र ट्रामल–५० को १०–१० ट्याव्लेटका ५० पत्ता लागुऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
गस्तीमा रहेको प्रहरीले राप्ती गाउँपालिका–५ सिसहनीयाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजना र मोटरसाइकल नियन्त्रणमा लिइ अनुसन्धान थालिकाएको प्रहरीले जनाएको छ ।