२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

प्रतिष्ठानमा १९ सय ६७ जनाको स्वाब परीक्षण गर्न बाँकी

बिहिवार परिक्षण गरिएका ६ सय ७ जनाको रिपोर्ट नेगेटीभ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान । घोराही

दाङ,  
११ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङक्रमण भए नभएको भनेर परिक्षणका लागि सङकलित स्वाब मध्ये १ हजार ९ सय ६७ जनाको परीक्षण गर्न अझै बाँकी रहेको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानले विहीवार सार्वजनिक गरेको विज्ञप्तिमा यो सङख्या बाँकी रहेको उल्लेख गरिएको छ ।

प्रतिष्ठानमा विहिवार ६ सय ७ जनाको परिक्षण गरिएकोमा सवै रिपोर्ट नेगेटीभ आएको शाखा रोशन आचार्यले जानकारी दिएका छन् । वुधवार मात्रै प्रतिष्ठानमा जिल्लाका ७६ जना कोरोना सङक्रमण भएको रिपोर्ट आएको थियो । हालसम्म प्रतिष्ठानमा ११ हजार ६ सय ७७ जनाको परिक्षण गरिएको छ ।

प्रतिष्ठानमा दाङ, रोल्पा, प्युठान, रुकुम, सल्यान, बाँके, कपिलवस्तु लगाएतका जिल्लाबाट स्वाब लिएर परिक्षण गर्ने गरिएको छ ।

क्वारेन्टाइनमा वसेकाहरुले लामो समय रिपोर्ट नआएको भन्दै आन्दोलन समेत गर्दै आएका छन् ।