२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सल्यानमा एकैदिन ८४ जनाले जिते कोरोना

सल्यान बहुमुखी क्याम्पस । लुहापिङ्ग

सल्यान, 
११ असार । कोरोना भाइरस निको भएर सल्यानका ८० जना बिहीबार घर फर्किएका छन् ।

सल्यान बहुमुखी क्याम्पस लुहापिङ्गको आइसोलेसनमा उपचाररत ८१ र जिल्ला अस्पताल सल्यानबाट ३ जना घर फर्किएका हुन् । डिस्चार्ज हुनेमध्येमा ४ महिला छन् ।

पछिल्लो निको भएकासहित जिल्लामा सल्यानमा कोराना संक्रमणबाट ठीक हुनेको संख्या एक सय ५० पुगेको स्वास्थ्य कार्यालय सल्यान तथा अस्पताल प्रमुख डा. अर्जुन बुढामगरले बताए ।

उनका अनुसार कोरोना ठीक भएर बिहीबार मात्रै घर फर्किएका मध्ये बन्गाड कुपिण्डे नगरपालिकाका ५, बाग्चौर नगरपालिका ९, दार्मा गापाका ३, कुमाख ३, कपुरकोटका १, सिद्धकुमाख ३, त्रिवेणीका ५ र कालीमाटी गाउँपालिकाका दुई छन् ।

पीसीआर रिपोर्ट नेगेटिभ आएपछि दोसल्ला, टीका लगाएर घर फकाईएको हो ।