२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

जुवा खेलेको आरोपमा तुलसीपुरबाट ४ जना पक्राउ

फाइल तस्बिर ।

तुलसीपुर, 
११ असार । जुवा खेलेको आरोपमा ८५ हजार नगद सहित तुलसीपुर प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले तुलसीपुर उपमहागनरपालिका–६ हात्तीखौवाबाट तुलसीपुर–५ निबासी ४५ बर्षका राजु भन्ने मोहम्मद खनिस कुरेसी सहित ४ जनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज तथा डिएसपी शिव बहादुर सिहले जानकारी दिए ।

प्रहरीले जुवा खेल्दै गरेको स्थानबाट एक थान तन्ना, तास २ गड्डी, र ८५ हजार ४५ रुपैयाँ बरामद गरेको डिएसपी सिहले बताए ।