राप्ती प्रादेशिक अस्पताल । तुलसीपुर
दाङ,
१२ असार । वनबाट ल्याएको च्याउको तरकारी खाँदा दाङको तुलसीपुरमा ५ जना बिरामी भएका छन् ।
तुलसीपुर उपमहागनरपालिका–५ रानीजरुवा निवासी ३५ वर्षकी बिमला बिक, १७ वर्षकी पवित्रा बिक, ११ वर्षका जेनिस बिक, १० वर्षका सुजन बिक र पाहुना लाग्न गएकी सल्यानको छत्रेश्वरी गाउँपालिका–३ पेदीखोला निवासी १७ वर्षकी मनिसा बिक बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङले जानकारी दिएको छ ।
बिहीबार बेलुकी च्याउ पकाएर खाएलगत्तै बान्ता आउने, वाकवाकी लाग्न थालेपछि उनीहरुलाई राती नै राप्ती प्रादेशिक अस्पतल लगिएको थियो ।
उनीहरुको उपचार भैरहेको अस्पतालले जनाएको छ ।