२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

बालिका बलात्कार प्रयासको आरोपमा एक जना पक्राउ

दाङ, 
१२ असार । दाङमा सात बर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ लामीडाँडा बस्ने १८ बर्षका डम्बर विक रहेको जिल्ला प्रहरी कार्यालय घोराहीले जानकारी दिएको छ ।

आरोपित युवकलाई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत गरिएको छ ।