२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

लमहीमा गर्भिणी चित्तल मृत अवस्थामा फेला

मृत अवस्थामा फेला परेको चित्तल ।

दाङ,  
१२ असार । दाङको लमहीमा गर्भिणीचित्तल मृत अवस्थामा फेला परेको छ । बिहिवार राति ११ बजे नव शान्ति सामुदायिक वन लमही नगरपालिका वडा नम्बर ७ हसनापुरबाट गर्भिणी चित्तल मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय देउखुरी लमहीका प्रमुख प्रविन विडारीले जानकारी दिनुभयो ।

प्रमुख विडारीका अनुसार गए राति गस्ति जाने क्रममा स्थानियले खबर गरेपछि अन्दाजी ४५ किलोको गर्भिणी चित्तल मृत अवस्थामा फेला परेको हो । चित्तलको मुख र कानमा ठुलो चोट देखिन्छ । कुकुरले लखेटेर मारेको अनुमान गरिएको छ । चित्तललाई सब डिभिजन वन कार्यालय लमहीमा राखिएको छ ।

मृत गर्भिणी चित्तललाई पोष्टमार्टमको लागि रिहार पशु केन्द्रमा लैजाने तयारी भएको सब डिभिजन वन कार्यालयका साहायक वन अधिकृत पुरनप्रसाद चौधरीले जानकारी दिनुभयो ।