सांकेतिक तस्बिर ।
बबई,
१२ असार । बबई गाउँपालिका–१ गंगटेकी २२ वर्षीया गंगा घर्तीलाई सर्पले डस्दा विरामी पर्नु भएको छ ।
वुधबार राति २ वजेतिर सुतिरहेको अवस्थामा विषालु सर्पले हातमा डसेको र गाउँमै झारफुक गरी बसेको तर सञ्चो नभएपछि विहीवार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।