२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

शान्तिनगरका ६ सहित दाङमा एकैदिन ७५ जनामा कोरोना पुष्टि

दाङमा सङ्क्रमितको सङ्ख्या ४ सय ५५ पुग्यो

सांकेतिक तस्वीर ।

दाङ, 
१२ असार । दाङमा शुक्रबार एकैदिन ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या चार सय ५५ पुगेको छ ।

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको परीक्षणमा दाङका ७५ र प्युठानका २० जना गरी ९५ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

आज दाङमा कोरोना पोजिटिभ देखिनेमा राजपुरका १० जना, शान्तिनगरका ६ जना, तुलसीपुरका ११ जना र घोराहीका ३१ जना रहेका छन् ।

यस्तै लमहीका तीन जना, बङ्गलाचुलीका १० जना राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानका तीन जनामा कोरोना पुष्टि भएको हो । र एक जना मृत्यु भएकोमा कोरोना पोजिटिभ गरी शुक्रबार ७५ जनामा कोराना सङ्क्रमण पुष्टि भएको हो ।