२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

सल्यानमा पहिरोले पुरिएको अवस्थामा एक बृद्धको शव फेला

सांकेतिक तस्वीर ।

सल्यान, 
१२ असार । सल्यानमा पहिरोमा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।

जिल्लाको कालिमाटी गाउँपालिका ६ का अन्दाजी ७० वर्षीय वृद्ध डिल्ली बहादुर आलेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कम्मरदेखि माथिको भाग पुरिएको अवस्थामा डाङडुङे खोलाको पहिरोमा बिहिबार शव फेला परेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।

गत असार ९ गते घाँस ल्याउन जंगल हिडेका घर नर्फिएका उनको खोजीकार्य भइरहेको थियो । घटनाको थप अनुसन्धान भइरहेको खतिवडाको भनाई छ ।