सांकेतिक तस्बिर ।
दाङ,
१२ असार । दाङमा तीन दिन पहिले उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ गुम्राह चोक प्रतिक्षालयको बेन्चमा बेवारीसे अबस्थामा सुतेकी महिलालाई प्रहरीले उद्धार गरेर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पु¥याएको थियो ।
उपचारकै क्रममा ति महिलाको मृत्युभएपछि स्वाब संकलन गरेर कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।
अन्दाजी ३०३५ बर्षको जस्तो देखिने ति महिला बेन्चमा सुतेको र स्वास फेर्न गाह्रो अबस्थामा देखेपछि प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको थियो । ति महिलाको अहिलेसम्म नाम ठेगाना खुलेको छैन ।