२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

हापुरे क्वारेन्टाइनबाट ५ जना भागे

जनकल्यान मावि पदमपुर क्वारेन्टाइन । हापुरे

बबई, 
१२ असार । बबई गाउँपालिकाको जनकल्यान मावि पदमपुर हापुरे क्वारेन्टाइनमा बसेका ५ जना व्यक्ति भागेका छन् ।

कोरोना भाइरसको स्वाव संकलन गरेको लामो समय भएपनि अझै रिपोर्ट नआएको भन्दै उनिहरु क्वारेन्टाइनबाट भागेका हुन् । अन्यले पनि रिपोर्ट ढिलो आएको भन्दै घर जानुपर्ने माग गर्दै आन्दोलन गरेका छन् ।

उनीहरु स्वाव संकलन गरी पठाएको २७ दिन सम्म पनि रिपोर्ट नआएको भन्दै विद्यालयको गेटसम्म आएका थिए । उनिहरुलाई प्रहरीले गेट वाहिर जानबाट रोकेको थियो । क्वारेन्टाइनमा बसेकाहरुको आज साझसम्म रिपोर्ट आउने बबई स्वास्थ्य शाखाका प्रमुख हरी खड्काले बताउनुभयो ।

तर आजै उनिहरु क्वारेन्टाइनबाट भागेकाले उनिहरुको खोजी कार्य गर्न पठाइएको खड्काले बताउनुभयो ।