२०७८ मङ्सिर २ गते बिहिवार
२०७८ मङ्सिर २ गते बिहिवार

विपन्न परिवारलाई बंगुरको पाठा वितरण


दाङ,
१२ असार । राप्ती गाउँपालिका र मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत कोभिड १९ को महामारीले असर परेका परिवारहरुलाई बंगुरको पाठा बितरण गरिएको छ ।

राप्ती गाउँपालिका पशुपंक्षि तथा मत्स्य विकास शाखाको पहलमा राप्ती गाउँपालिका वडा नं ५, ६, ७ र ८ का २० जना गरिब, बिपन्न तथा कोभिड १९ को महामारीले असर परेका परिवारहरुलाई बंगुरको पाठा बितरण गरिएको हो ।

कोभिड १९ को महामारीले असर परेका परिवारहरुबाट समुह गठन गरी प्रत्येकलाई एक एक वटा बंगुरको पाठी र समुहलाई बंगुरको दुई पाठा गरी चार वटा वडामा ८० वटा बंगुरको पाठी र आठ वटा बंगुरको पाठा बितरण गरिएको पशुपंक्षि तथा मत्स्य विकास शाखाका शेर बहादुर हमालले बताउनु भएको छ ।

साथै बंगुरहरुलाई निःशुल्क जुकाको औषधी र भिटामिन समेत बितरण गरिएको छ । बितरीत बंगुरका पाठापाठीको बिमा समेत गरिएको छ ।

वितरीत बंगुरका पाठापाठीले गरिब तथा बिपन्न परिवारलाई आयमुलक कार्यमा सरिक गराउन महत्वर्पुण भुमिका खेल्ने बिस्वास राप्ती गाउँपालिका पशु सेवा शाखा शाखाका शेर बहादुर हमालले बताउनु भएको छ ।