२०७७ फाल्गुन २० गते बिहिवार
२०७७ फाल्गुन २० गते बिहिवार

पहिलो पटक विद्युत पुग्दा दिउँसै बत्ति बालेर उत्सब मनाईयो

गाउँमा पहिलो पटक बिद्युत पुगेपछि खुसीयाली मनाउँदै गाउँलेहरु ।

हापुरे, 
१३ असार । सल्यानको त्रिबेणी गाउँपालिका वडा नम्बर १ गोगनेमा बिजुली बत्ती पुगेपछि त्यहाँका स्थानियहरुको बर्षाै देखी बिजुली बलेको कोठामा बस्ने सपना पुरा भएको छ । सल्यान जिल्ला आफैमा एउटा बिकट जिल्ला हो त्यसमा पनि त्रिबेणी १ को गोगने भन्ने स्थान अन्य ठाउँ भन्दा अलिक बिकट मानिने ठाउँ हो ।

बर्सौदेखी बिद्युत बाल्ने आशामा बसेका त्यहाका स्थानियहरु काम सुरु गरेको एक महिना मै बिजुली बाल्न पाउदा अत्यन्तै खुसी भएका छन् । बिजुली बाल्ने आफ्नै घरमा मोबाईल चार्ज गर्ने ठुलो रहर थियो, आज हेर्दा हेर्दै पुरा भयो एक स्थानियले भने मोबाईल छ, तर के गर्ने चार्ज गर्न ७ घण्टा हिडेर बेसी झर्न पर्ने त्यही पनि चार्ज १ दिन भन्दा अर्को दिन नटिक्ने सारै दुख पाईएको थियो अब त ढ्क्क भयो ।

त्यस्तै अर्का स्थानियले पनि गाउँबाट बिदेशी मुलुकमा गएका यूुवाहरुले घर फर्किदा ल्याएका टिभी, डेगहरु चलाउन पाईने भन्दै खुसी ब्यक्त गरे । देशमा संघिय ब्यबस्था आए पछि बिकासले गति लिएको र बिकट ठाउँहरुमा पनि अन्य स्थान कै सरह बिकास भै रहेको त्यहाँका स्थानियहरुको बुझाई छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री प्रकास ज्वाला र सांसद टेकबहादुर बस्नेतको पहलमा बिद्युत प्राधिकराण सल्यानले पोल तथा तार उपलब्ध गराए पछि स्थानिय यूवाहरुको सक्रियतामा बिद्युत बिस्तार गरिएको स्थानिय यूवा डिल्लीराज खड्काले बताउनु भयो ।

उहाँका अनुसार पोल ढुवानीदेखी, खाडल खन्ने र पोल गाड्नेसम्मका काम स्थानिय यूवाहरुले निःशुल्क रुपमा गरेका हुन । गाउँमा बिद्युत आउने भए पछि सबै काम निःशुल्क रुपमा गरेर भएपनि छिट्टै लैजानु पर्छ भन्ने सोचेर गाउँका सबै यूवाहरुको सहकार्यमा काम गरेको उहाँले बताउनु भयो । गोगनेमा बिद्युत बिस्तार सुरु भए पछि स्थानियहरुले घर वाईरिङ सुरु गरेका थिए । बिद्युत बिस्तारको काम र घर वाईरिङको काम संगसंगै सकेका स्थानियहरुले बिद्युत लाईन सञ्चालनमा आए लगत्तै गाउँको एउटा घरमा बिजुली जोडेर बत्ति बालेर उत्सब समेत मनाए ।
सबै गाउँले एउटा घरमा जम्मा भएर बिजुली बलेको खुसीयाली समेत मनाए ।

गोगनेमा करिब ३ वर्ष पहिले सडक बिस्तार भएको थियो । सडक बिस्तार पश्चात नेपाल टेलिकमले टावर निर्माण गरि सोलारबाट आफ्नो सेवा समेत सञ्चालन गरेको थियो । त्यहाँका स्थानियहरुको अन्तिम चाहाना बिजुली पनि गाउँमा पुगे पछि त्यस क्षेत्रका नागरिकले बिकासका हिसाबले गाउँमा सिंहदरबार पुगेको आभाष भएको बताएका छन् ।