शान्तिनगर,
१२ असार । शान्तिनगर गाउँपालिकामा ६ जनामा कोरोना पुष्टि भएको छ ।
शान्तिनगर गाउँपालिकाका क्वारेन्टाइनबाट पठाएको कोरोना भाइरसको नमुना स्वाव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर बिधिबाट परिक्षण गरिएकोमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित हुनेहरूमा शान्तिनगर गाउँपालिका वडा नम्बर २ का ४२ बर्षिय पुरुष , ३ नं वडाका २१ बर्षिय , २३ बर्षिय पुरुष, ६ नं वडाका २३ बर्षिय पुरुष र ३५ बर्षिय महिला रहेका छन ।
यस्तै ७ नं वडाका ३० बर्षिय पुरुषमा ६ जनामा कोरोना पोजिटिभ आएको शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरी पुनले जानकारी दिनुभयो ।