२०७७ फाल्गुन २० गते बिहिवार
२०७७ फाल्गुन २० गते बिहिवार

१३ वर्षीया बालिका बलात्कार आरोपमा दुई युवा पक्राउ

फाइल तस्बिर ।

रुकुम, 
१३ असार । रोल्पाकी १३ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

रुकुम पूर्वको भूमे गाउँपालिका–२ खाबाङका ३१ वर्षीय टिकाराम श्रीष र त्यही ठाउँका ३० वर्षीय कमल रेग्मीलाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार, श्रीषले असार ७ गते र रेग्मीले असार ९ गते डरत्रास देखाएर बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय काँक्रीमा उजुरी दिएका थिए ।

उजुरी परेलगत्तै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक दिनेश गुरूङले बताउनुभयो ।

पक्राउ परेकालाई १० दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको उहाँले जनाउनुभयो ।