२०७७ फाल्गुन २२ गते शनिवार
२०७७ फाल्गुन २२ गते शनिवार

बुटवलमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

 

सांकेतिक तस्वीर ।

बुटवल, 
१३ असार । रुपन्देहीको बुटवल १० रामनगरमा सवारी दुर्घटनामा परी गएराती २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी बुटवल ११ कालिकानगरका २१ वर्षिय शुशिल कँवर र सियारी गाउँपालिका ६ अमुवाका २२ वर्षिय रोशन गुरुङको मृत्यु भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गएराती पुर्व पश्चिम राजमार्ग अन्तरगत रामनगरमा रोकी राखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको छोटा हात्ती ठोक्कीन गई त्यसमा सवार २ जनाको ज्यान गएको हो ।

गुरुङको घटना स्थलमै र कँवरको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । छोटा हात्तिका चालक बुटवल ११ प्रतिनगरका २५ वर्षिय गोपाल दंगाल भने सामान्य घाइते भएका छन् । दुबै सवारी पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेका थिए ।

बाटैमा ट्रक विग्रीएपछि रोकेर बनाउन लाग्दा पछाडीबाट आएको छोटा हात्ति ट्रकमा ठक्कर खाएको घटना स्थलमा पुगेका वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक गोबिन्दप्रसाद रेग्मीले जानकारी दिए ।

छोटा हात्ति र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।