२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

तुलसीपुर उवासंघले व्यवसायीको फर्म नविकरण गरिदिने

घरदैलोमै सेवा लिदै अरूण ईन्टरप्राईजेजका प्रो. अनुप कुमार श्रेष्ठ ।

तुलसीपुर, 
१३ असार । तुलसीपुर उद्योग वाणिज्य संघले व्यवसायीहरूको सहजताका लागि प्राईभेट फर्म संकलन गरी घरेलु तथा साना उद्योग कार्यालय दाङमा नविकरण गरिदिने सेवाको व्यवस्था गरेको छ ।

उद्योग वाणिज्य संघको आफ्नो कार्यक्षेत्र भित्रका व्यवसायीहरुलाई सहजता दिन उद्योग वाणिज्य संघको कार्यालयमा प्राईभेट फर्म संकलन गरी घरेलु तथा साना उद्योग कार्यालय दाङमा नविकरण गरिदिने व्यवस्था मिलाएको उद्योग वाणिज्य संघका कार्यालय सचिव पारेश्वर भट्टराईले जानकारी दिनुभयो ।

उद्योग वाणिज्य संघले नविकरणको सेवा प्रदान गरिरहेको हुँदा आफ्नो व्यवसायको प्राईभेट फर्म कार्यालयमा उपलब्ध गराउन कार्यालय भट्टाराईले सवैमा आग्रह गर्नु भएको छ ।