२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

सिस्नेरी खोलामा पक्की पुल बनेपछि स्थानीय हर्षित

शान्तिनगर,
१३ असार । शान्तिनगर गाउँपालिका वडा नं ३ सिस्नेरी खोलामा पक्की पुल सम्पन्न भएपछि स्थानिय हर्षित भएका छन् ।

बर्षायाममा खोलामा बाटोको समस्या भोग्दै आएका शान्तिनगरका पहाडी भेगमा बसोबास गर्ने स्थानियलाई पक्की पुल सम्पन्न भएपछि आवतजावत गर्न सजिलो भएको छ । पहाडी भेगका बस्तीखोला, साउनी, बाघखोर लगायतका स्थानियलाई गाउँपालिका तथा तुलसीपुर बजार जान सजिलो भएको छ ।

सिस्नेरी खोलाको पक्की पुलको एक कार्यक्रमका विच शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले उद्घाटन गर्नु भएको हो । पुलको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले शान्तिनगरका पहाडी बस्तीहरुका जनताहरुलाई आवत जावतका लागि सहजता गराउन पक्की पुल निर्माण गरेको बताउनुभयो । विकासमुखी तथा समृद्ध शान्तिनगर बनाउन विभिन्न स्थानमा विकासका कामलाई तिव्रता दिएको बताउनुभयो ।

गाउँपालिकाको २० लाख लागतमा सो पक्की पुल निर्माण भएको हो । पुल निर्माणको जिम्मा प्रेमधन निर्माण सेवाले लिएको थियो । सो पक्की पुललाई दिर्घकालिन टिकाउनका लागि वडा नं ३ ले खोलामा तटबन्ध गर्ने भएको छ । खोलामा तटबन्धका लागि वडाले २ लाख रुपैया छुटाएको वडा अध्यक्ष बुद्धिराम तिवारीले जानकारी दिनुभयो ।