२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

कोरोनाबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापनमा ढिलाई

सांकेतिक तस्बिर ।

दाङ, 
१३ असार । मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि भएकी एक महिलाको शव व्यवस्थापनमा ढिलाई हुँदा गन्हाउन थालेको छ ।

असार १० गते राति दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकी एक अधबैंसे महिलाको स्वाब परीक्षण गर्दा शुक्रवार रिपोर्ट पोजेटिभ आएको थियो । उनी सडकमा मागेर हिड्ने महिला हुन । उनको मृत्यु भएको ४ दिन वितिसक्दा पनि व्यवस्थापन हुन नसक्दा गन्हाउन थालेको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।

प्रतिष्ठानमा शव राख्नलाई फ्रिजको सुविधा नहुनु र गर्मीको समयपनि भएको हुँदा शव गन्हाउन थालेको प्रतिष्ठानले जनाएको छ । नेपाली सेना शव व्यवस्थापन गर्नको लागि शुक्रवार बेलुका प्रतिष्ठान पुगेको भएपनि मृतको शरिरलाई सुरक्षित तरिकाले प्लाष्टिकले बेरेर नराखेको हुँदा सेना शव नलगेरै फर्किएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

यसअघि भारतमा मृत्यु भएपनि दाङमै स्बाव परीक्षण गर्दा पोजेटिभ देखिएका एक व्यक्तिको शव व्यवस्थापनमा खटिएका एकजना नेपाली सेनाका जवानलाई कारोना संक्रमण फेला परेको थियो ।