सुशील कोइराला क्यान्सर अस्पताल । बाँके
बाँके,
१३ असार । शनिबार बिहान बाँकेका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट बाँके र बर्दियाका गरी २३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइ घर गएका छन ।
बाँकेका विभिन्न पालिकाका १८ जना र बर्दियाका ५ गरी शनिबार बिहान २३ जना डिस्चार्ज भइ घर गएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, डिस्चार्ज भइ घर जानेमा आदर्शनगर आइसोलेसन सेन्टरबाट राप्तिसोनारी गाउँपालिकाका विभिन्न वडाका १२ जना, सुशील कोइराला क्यान्सर अस्पतालबाट २ गरी १४ जना रहेका छन ।
त्यसैगरी, आइसोलेसन सेन्टर खजुराबाट खजुरा गाउँपालिकाका ३ जना, सुशील कोइराला क्यान्सर अस्पताल खजुराबाट नेपालगन्जका एकजना र बर्दियाका ५ जना गरी २३ जना रहेका छन ।
बाँकेमा हालसम्म ३५० जनामा कोरोना पुष्टि भएको मध्ये २ जनाको मृत्यु भइसकेको र ४६ जना आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।