खैरहनी,
१३ असार । पूर्वी चितवनको खैरहनी नगरपालिकामा खेत जोत्ने क्रममा ट्रयाक्टरले किचेर एक पुरुषको घटनास्थलमै मुत्यु भएको छ ।
खेत जोत्ने क्रममा ट्रयाक्टरको रोडाभेटर पेलिंँदा आज बिहान १० बजे सोही ठाँउका ५७ बर्षको रिखे दमाईको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुगंले जानकारी दिए ।
खैरहनी नगरपालिका वडा न ४ चैनपुर स्थित रिखे दमाईको खेतमा धान रोपाई गर्न ना ७ त ४४८८ नम्बरको ट्रयाक्टरले जोत्ने क्रममा रोडाभेटरको नट फुस्किएर रोडाभेटरमा टेकेर नट कस्ने क्रममा रोडाभेटरले पेलेपछि उनको ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।