२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

दाङ उवासंघद्वारा अनलाइनबाटै व्यवसायीक सचेतना

दाङ उद्योग वाणिज्य संघ ।

दाङ,  
१३ असार । जिल्लाका उद्योगी तथा व्यवसायीहरुलाइ भिडियो कन्फेरेन्स माध्यमबाट सचेतना दिएको छ । कोरोना भाइरसको सङक्रमणका जोखिमको कारण औपचारीक कार्यक्रम हुन सकेका छैनन् । यस विषम परिस्र्थीतीमा दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा काठमाडौंमा रहेको केबिसि फर्मको सहकार्यमा अनलाइनबाटै सचेतना प्रदान गरिएको थियो ।

सरकारले ल्याएको बजेट तथा आर्थिक ऐन २०७७ का व्यवस्था र क्षेत्रगत असरका वारेमा जानकारी दिएको हो । नयाँ आर्थिक वर्षमा काम गर्दा समस्या नहोस भनेर यस यसप्रकारको कार्यक्रमको आयोजना गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए ।

यस प्रकारको कार्यले सरकारले परिवर्तन गरेका नियमहरुको वारेमा जानकारी हुने र त्यसै अनुसार अगाडि वढ्न उद्योगी तथा व्यवसायीहरुलाइ सहज हुने उनको भनाइ रहेको छ । ‘अहिलेको परिस्थीतीलाई मध्यनजर गरेर प्रविधिको उपयोग गरेर जानकारी गराएका हौ’ अध्यक्ष भुसालले भने ।

संघले उद्योगि तथा व्यवासायिहरुलाइ निरन्तर रुपमा काम गर्दा आइ पर्ने समस्याका तालिम तथा सचेतना मुलक कार्यक्रमवाट जानकारी गरारहेको उनको भनाइ रहेको छ । त्यस अवसरमा आर्थिक ऐन २०७७ मा सरकारले गरेका परिवर्तन क्षेत्रगत रुपमा कर, आयकर, मुल्य अभिवृद्धि कर, अन्त शुल्क, भन्सार शुल्क, करमा दिएको छुट लगाएतका विषयमा जानकारी गराइएको थियो ।

सहभागिहरुलाई सिए अरुण लुइँटेल र विपिन तिमील्सीनाले जानकारी गराएका थिए, भने सहभागिको जिज्ञासाको पनि उत्तर दिएका थिए । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, संघका सचिव माया पोख्रेल, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्य लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रमको सहजिकरण संघका व्यवसायिक सल्लाहाकार धनेश्वर शर्मा र विपिन देवकोटाले गरेका थिए ।