भेरी अस्पताल । बाँके
गुलरिया,
१३ असार । कोरोना भाइरस परीक्षणका लागि बर्दियाबाट भेरी अस्पताल नेपालगञ्ज पठाइएको स्वाब नमुना प्रयोगशालाबाट हराएको छ ।
बर्दियाको मधुवन नगरपालिका स्थित क्वारेन्टाइनमा बसिरहेका पाँच जनाको स्वाब नमूना पीसीआर प्रणाली मार्फत परीक्षण गर्नुपर्ने थियो ।
नेपालगञ्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा बर्दियाबाट परीक्षणका लागि पठाईएका ५ जनाको नमुना स्वाब ल्यावमै हराएको जनस्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले बताए ।
चौधरीले भने नमुना स्वाब हराएकाहरुको रिपोर्ट चाँडै आउने तयारीमा छ । ल्यावमा परीक्षणको चाप अत्यधिक भएपछि स्वाब हराएको हुनसक्छ । परीक्षण गरिसकेका नमुनासँगै भिडभाडमा मिसिएर परीक्षण नभएको नमुना फालिएको हुनसक्ने चौधरीले बताएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।