२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

क्वारेन्टाइनबाट भागेका संक्रमित खोज्न प्रहरी परिचालन

फाइल तस्वीर ।

दैलेख, 
१३ असार । नौमुले गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका कोरोना संक्रमितहरु भागेपछि उनीहरुलाई फर्काउन प्रहरी परिचान गरिएको छ ।

संक्रमितहरु बिहीबार राति भागेर गाउँतिर गएपछि शुक्रबार प्रहरी परिचालन गरिएको हो । उक्त क्वारेन्टाइनबाट २१ जना संक्रमति भागेका छन् ।

१२ दिन नाघिसक्दा पनि थप परीक्षण नभएको भन्दै संक्रमतिहरु क्वारेन्टाइनबाट भागेको स्थानीय नैना राना मगरले बताइन् । भैरव माध्यमिक विद्यालय नौमुले बजारमा रहेको क्वारेन्टाइनमा २ जना महिलासहित ९२ जना कोरोना संक्रमित बस्दै आएका थिए ।

संक्रमित भागेको खबर सुन्ने बित्तिकै जिल्लाबाट थप प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख हरिबहादुर ओलीले बताए ।