२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

बबईका अध्यक्षले लगाए पत्रकारले ५० हजार मागेको आरोप

बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल ।

बबई, 
१३ असार । दाङको बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले आफुसंग पत्रकारले ५० हजार मागेको आरोप लगाएका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस् लेख्दै उनले यस्तो बताए । आफुलाई अन्तर्वार्ता लिन आउँदा ५० हजार रुपैँया मागेको उनको आरोप छ ।

उनले लेखेका छन् ‘बबई गाउँपालिकामा अन्तर्वार्ता लिन आउने पत्रकारले म संग ५० हजार मागेपछि कति पटक ?अन्तरबार्ता दिने कि निषेध गर्ने ?’ तर कुन पत्रकारले मागेको भन्ने कुरा उनले खुलाएका छैनन् ।

गाउँपालिका अध्यक्षले शुक्रबार दाङका एक युट्युव सञ्चालकसंग फोनवार्ता समेत बाहिरिएको थियो । त्यो बाहिरिएपछि गाउँपालिका अध्यक्षले सामाजिक सञ्जालबाट उक्त अभिब्यक्ति दिएको हुनसक्ने बुझिएको छ ।