दाङ,
१३ असार । तुलसीपुरको कटुवा खोलामा डुबेर शनिवार चार वर्षीय एक बालकको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका वडा नं. १८ मसिना निवासी ४ वर्षीय आरएन विकको कटुवा खोलामा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काका अनुसार शनिबार दिउँसो साढे १ बजेतिर विक खेल्ने क्रममा पानीमा डुबेका थिए।
पानीमा डुबेका बालकलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।