२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

घरमाथिबाट आएको पहिरोमा परी एकको मृत्यु

स्याङ्जा, 
१४ असार । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परेर स्याङ्जाको गल्याङमा एक जनाको ज्यान गएको छ ।

पहिरोमा परेर गल्याङ नगरपालिका ९ साङ्लियका ४९ वर्षीय यमबहादुर विकको ज्यान गएको वडाध्यक्ष हरी खनालले जानकारी दिनुभयो ।

राति ३ बजेतिर घर माथिबाट आएको पहिरोमा परेर उहाँकी श्रीमती घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि पाल्पा लगिएको छ ।

३ जनाको परिवार रहेको विकको परिवारमा एक जना भने सकुशल रहेका प्रहरीले जनाएको खबर उज्यालो अनलाइनमा प्रकाशित छ ।