२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

राप्ती आँखा अस्पतालमा आधुनिक मेसिन जडान

राप्ती आँखा अस्पताल । तुलसीपुर

तुलसीपुर,  
१४ असार । नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालले आधुनिक मेसिन खरिद गरेको जनाएको छ । लकडाउनको समयमा पनि विभिन्न प्रक्रिया पूरा गरी जापानी प्रविधिमा निर्माण भएको फेको एमुल्सी फिकेशन मेसिन अस्पतालले ल्याएको हो ।

आँखा अस्पतालहरुको सेवा सवलीकरण तथा सहजीकरणको लागि चिकित्सकीय औजार उपकरण खरिद गर्न प्रदेश नं. ५ स्वास्थ्य निर्देशनालयबाट प्रदान गरिने पुँजीगत अनुदान र राप्ती आँखा अस्पतालको लागत सहभागितामा सो मेसिन खरिद गरिएको हो ।

स्वास्थ्य निर्देशनालयको पुँजीगत अनुदान ३० लाख र अस्पतालको २० प्रतिशत लागत सहभागितामा फेको एमुल्सी फिकेशन मेसिन खरिद गरेको अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिएका छन् ।

प्रदेश सरकरले राप्ती आँखा अस्पताललाई ३० लाख, लमही आँखा अस्पताललाई २० र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जलाई २० लाख पुँजीगत अनुदान दिएको थियो ।