२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

सुनको मूल्य तोलाको ९१ हजार ३ सय पुग्यो

फाइल तस्वीर ।

काठमाडौं, 
१४ असार । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। कोरोनाभाइरस र लकडाउनका कारण दैनिक रुपमा सुनको मूल्य बढिरहेको छ।

आज फेरि छापावाल सुनको मूल्यमा प्रति तोला ७ सय रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। । योसँगै छापावाल सुनको मूल्य ९१ हजार ३ सय पुगेको छ। यो अहिलेसम्म सुनको मूल्य सबैभन्दा महंगो हो ।

शुक्रबार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य अब ९० हजार ८ सय ६० पुगेको छ। त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार तोलाको ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।